गृहमन्त्री खाणद्वारा बेपत्ताकाे खाेजी गर्न निर्देशन

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, १४ : ०९
गृहमन्त्री खाणद्वारा बेपत्ताकाे खाेजी गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिालयले जनाएको छ ।गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए। उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरामा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्युु भएको छ । अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस