सडक भासिँदा आवागमन ठप्प

रासस

शनिबार, २२ असोज २०७९, १४ : ०६
सडक भासिँदा आवागमन ठप्प

तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएका हुन् ।  

दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ ।गाडी नचलेपछि मानिसहरु लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएका छन् ।   

उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरो खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस