चितवन १ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठ कांग्रेसको उम्मेदवार

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, १० : १२
चितवन १ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठ कांग्रेसको उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ।

उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्। 

त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन २ मा राज्यमन्त्री उमेश श्रेष्ठलाई सभाापति शेरबहादुर देउवाले टिकट दिएका छन्।

उनी देउवाका विश्वास पात्र हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नउठे पनि चिवतन ३ माओवादीकै भागमा परेको छ। माओवादीले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस