सत्ता गठबन्धनमा प्रतिनिधी सभा र प्रदेश सभामा सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई ? (सूचीे सहित)

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, ०८ : ५९
सत्ता गठबन्धनमा प्रतिनिधी सभा र प्रदेश सभामा सिट बाँडफाँटमा सहमति, कुन क्षेत्र कसलाई ? (सूचीे सहित)

काठमाडौँ ।  सत्ता गठबन्धनले प्रतिनिधी सभा तथा प्रदेश सभाको सिट बाँडफाँट टुंग्याएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी भागबन्डा लगाएको छ ।

बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

हेर्नुहोस : सत्तारुढ गठबन्धनबीच भएको सहमति

प्रतिक्रिया दिनुहोस