दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
लमहीबाट भालुबाङ्ग जादै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल गएराति राप्ती गाउँपालिका- ३ मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परेका राप्ती गाउँपालिका(६ लठ्ठहवा निवासी ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षकै लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
सुलेसको नेपालगञ्जमा र लहानुको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै जना सशस्त्र प्रहरी जवान रहेको खुलेको छ ।
बाढीपीडितको उद्दारमा खटिएका उनीहरू कार्यालय फर्किने क्रममा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङ्गका एसपी विनोद केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु