पाल्पा । अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको हो ।
राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।
हिउँदेखोला, चर्चरेलगायत स्थानमा खसेको पहिरो सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा हिँडेका र तराईबाट पहाड हिँडेको यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
बाढी र पहिरोले यी राजमार्गमा अवरोध