काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ ।
नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।
वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् । खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आयो
पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध