काठमाडौं । नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ ।
विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दसँैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ ।
बिदामा घुम्न मनाङ सहज हुँदै गएको छ । मनाङमा दसैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
“कोभिड–१९ सङ्क्रमणपछि अहिले आन्तरिक पर्यटक बढ्ेका छन् । विस्तारै भ्रमणमा निस्कने बढ्न थालेका छन्,” उहाँले भन्नुभयो । दसैँको बिदामा मनाङ भित्रिने आन्तरिक पर्यटक बढेको उहाँ बताउनुहुन्छ ।
केही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न आउन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । करिब दुई वर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटक योजनासहित भ्रमणमा आउन थालेका छन् ।
विसं २०७६ चैतदेखि नेपालका सबै संरक्षित क्षेत्र र अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो । कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । आन्तरिक पर्यटकको रोजाइँमा मनाङ र मुस्ताङ पर्ने गरेका छन् । अहिले पर्यटक मनाङ आउने समय अनुकूल हो । यो समयमा आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ असोज २०७९, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
चौध करोड लागतमा मनाङमा पुल बन्दै
मनाङमा पहिलो हिमपात
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
‘अचम्मै पो भो ! हिउँ नै परेन’