गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, ११ : ३४
गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

काठमाडौं । गोरखकाली मन्दिरको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । 

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा  बा २ झ ३८८२ नम्बरको सरकारी गाडी फूलपाती लिएर काठमाण्डौतर्फ हिँडेको छ । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । 

प्रतिक्रिया दिनुहोस