वातावरणमन्त्री यादव स्वदेश फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १३ : २१
वातावरणमन्त्री यादव स्वदेश फिर्ता

काठमाडाैँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव स्वदेश फिर्ता भएका छन्। यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएकाे ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव आजै स्वदेश फर्किएका हुन्।

उनी असाेज १० गते अमेरिका प्रस्थान गरेका थिए।मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसकाे प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस