सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ४८ करोड

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १५ : ४२
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ४८ करोड

काठमाडौंं । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार र रिडी हाइड्रोपावरको २ करोड ४ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ ।

 

प्रतिक्रिया दिनुहोस