काठमाडौंं । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।
नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार र रिडी हाइड्रोपावरको २ करोड ४ लाख १५ हजारको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार