राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणले पञ्जाबबाट आइलिग खेल्ने

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १३ : ४६
राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणले पञ्जाबबाट आइलिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले पञ्जाब फुटबल क्लबबाट आइलिग खेल्ने भएका छन् ।

पञ्जाब फुटबल क्लबले किरणलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हाे । किरणले यस अघि पनि पञ्जाबट नै आइलिग खेलेका थिए ।

त्यति बेला उत्कृष्ट प्रर्दशन गरेका उनले गोल्डेन ग्लोब्स समेत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस