सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेकाे बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगकाे कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीकाे बारेमा अरुले नबुझेकाे बताएका हुन् ।
कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । नाै जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेकाे बताए । उनले भने- सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।
सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नकाे जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेकाे हुँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)