प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल आजदेखि शुरू गर्दै सत्ता गठबन्धन

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १० : ०३
प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल आजदेखि शुरू गर्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले आज देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् ।

प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल गर्ने तयारी गरेका हुन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरू छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।

प्रतिक्रिया दिनुहोस