शेखर समूहको ‘खबरदारी सभा’ सुरु

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, १५ : २४
शेखर समूहको ‘खबरदारी सभा’ सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ । सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस