एजेन्सी । रुसले आफ्नो पछिल्लो खर्च योजनाअन्तर्गत २०२२ देखि २०२५ सम्म राष्ट्रिय रक्षा, सुरक्षा र कानून प्रवर्तनमा कुल ३४ ट्रिलियन रुबल (६०० बिलियन डलर) खर्च गर्ने योजना बनाएको छ ।
रुस युक्रेनमा महँगो सैन्य अभियानमा संलग्न छ, जसको लागि उसले यस हप्ता थप ३ लाख सेना परिचालन गर्ने घोषणा गरेको छ ।
पछिल्लो तथ्यांकअनुसार, रूसले राष्ट्रिय रक्षामा सन् २०२२ देखि २०२५ मा कुल १८ दशमलब ५ ट्रिलियन रूबल खर्च गर्नेछ, जसमध्ये ४ दशमलब ७ ट्रिलियन यस वर्ष खर्च हुनेछ ।
यसअघि, मस्कोले सन् २०२२ देखि सन् २०२४ को अवधिमा कुल १० दशमलब ९ ट्रिलियन मध्ये यस वर्ष राष्ट्रिय रक्षामा ३ दशमलब ५ ट्रिलियन रुबल खर्च गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ असोज २०७९, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण