भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मुत्यु

सोमबार, ०४ असार २०७५, १२ : ५२
भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मुत्यु

कपिलवस्तु : भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ । तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । गाडीको ठक्करपछि उहाँको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस