काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।
शनिबार बिहान लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।
यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकानी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना