काठमाडौं । एकमात्र ब्याज दिने वालेट आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको छ ।
प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नुहुन्छ । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १, ००० कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।
आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।
यस्का साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरान खानेपानीको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने, १०० रुपैयाँसम्म छुट
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै विशेष अफर
आइएमई पेमा पहिलो पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
आइएमई पे र कान्तिपुर सिनेमास्बीच सम्झौता
‘आइएमई पे’द्वारा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिङ्क गरी भुक्तानी सुविधा सुरुवात