एजेन्सी । पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर १२ जनाको मृत्यु भएको छ ।
विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरुको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन् ।
दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरुले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।
फेब्रुवरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ असोज २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति