अस्ट्रेलियाद्वारा भारत पराजित

एजेन्सी

बुधबार, ०५ असोज २०७९, ०८ : ०८
अस्ट्रेलियाद्वारा भारत पराजित

flle Pic

एजेन्सी । अस्ट्रेलिया र भारतबिच मंगलबार सुरु भएको तीन खेलको टी-२० सिरिजमा पाहुना टोली अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। भारतले टी-२० फर्म्याटमा अस्ट्रेलिया विरुद्व अहिलेसम्मकै धेरे २ सय ८ रनको स्कोर बनाएपनि अस्ट्रेलियासँग ४ विकेटले पराजित हुन पुग्यो।

जवाफमा अस्ट्रेलियाले टिमले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो। अब सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ। अर्को खेलमा २३ सेप्टेम्बरमा हुने छ।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्याको ७१ रनको अविजित इनिङमा विशाल स्कोर बनाउको थियो। पाण्ड्याले ३० बलमा ७१ रन बनाउँदा केएल राहुलले ३५ बलमा ५५ रनको स्कोर तयार गरेका थिए।

त्यस्तै सुर्यकुमार यादवले २५ बलमा ४६ रन बनाउँदा कप्तान रोहित शर्माले ११ रन बनाएका थिए। अस्ट्रेलियाका लागि नाथन एलिसले ३ विकेट लिंदा जोस ह्याजलउडले २ र क्यामरुन ग्रिनले १ विकेट लिएका थिए।

२ सय ९ रनको उच्च स्कोर पछ्याएको अस्ट्रेलियाले सानदार ब्याटिङ गर्दै ४ बल अगाडिनै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। अस्ट्रेलियाको जितमा क्यामरुन ग्रिनले ३० बलमा ६१ रन बनाउँदा स्टिभ स्मिथले २४ बलमा ३५ रन बनाएका थिए।

त्यस्तै एरोन फिन्चले १३ बलमा २२ रन बनाउँदा म्याथ्यु वेड २१ बलमा ४५ रनमा अविजित रहँदै टिमको जित पक्का गरेका थिए। भारतका लागि अक्षर पटेलले ३ विकेट लिदा उमेश यादवले २ र युजवेन्द्र चाहलले १ विकेट हात पारेका थिए।