काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवाश्री प्रदान गरेको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सुप्रबल जनसेवा श्री तृतीय पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन्।
विदेशमा बस्ने नेपालीको सेवा र सामाजिक कार्यबाट देशलाई योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप आचार्य सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका हुन्।
देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई संविधान दिवसमा विभिन्न पदकबाट सम्मानित गरिन्छ। सुप्रबल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल