नारायणी नदी किनारमा आयोजित आमरण अनसन स्थलमा सुरक्षा चुनौती

प्रकाश सिग्देल

आइतबार, ०२ असोज २०७९, १९ : ३०
नारायणी नदी किनारमा आयोजित आमरण अनसन स्थलमा सुरक्षा चुनौती

चितवन । नारायणी नदी किनारमा आयोजित आमरण अनसन स्थलमा सुरक्षा चुनौती भएको छ । अनसनको वारेमा भाद्र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफना माग सहितको ज्ञापन पत्र बुझाई जानकारी गराउँदा समेत प्रशासनले त्यहाँको रात्रिकालिन सुरक्षामा ध्यान नदिएको आयोजक संस्था श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का कोषाध्यक्ष धुर्वराज मिश्रले बताए ।

नदी किनार आफैमा सार्वजनिक स्थान भएको र राती ३ बजे सम्म पनि मासिनसहरु त्यहा चहल पल भईरहने ठाउँमा प्रशासनले सबै नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व हँुदाहुदै पनि राति प्रहरीको उपस्थिती समेत नहुँदा त्यहाँ अमानविय र अप्राविधिक क्रियाकलाप समेत हुनसक्ने त्रास आफुहरुमा सृजना भएको अनसनरत प्रेमनिधी कँडेल भारद्वजले बताए ।  

नदी किनारमा रातिको समयमा सुरक्षा खतरा आफुहरुले महशुस गरेको र यो बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ध्यान नदिएको उनले बताए ।

श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा १ गते देखि आमरण तथा रिले अनसन सुरु भएको छ । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वज आफै अनसन बसेका छन ।

उनले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गर्नु भएको हो । उनी यस अघि पनि दुर्ई पटक आमरण अनसन बसि सकेका छन ।

तिब्र रुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताए । भारद्धाजकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि हुन सक्नेछन् । अनसनको  भारत गोरखपुरको नाथ अखडाका पिठाधिस शिवनाथ योगीले शुभारम्भ गरेका थिए ।  

अनसन स्थलमा उद्योगी व्यवसायीहरुले त्रसाउने क्रम जारी छ । आईतबार उद्योग बाणिज्य संघ गैँडाकोटमा उपाध्यक्ष दिपक सापकोटा लगाएतको सहभागिता रहेको थियो भने व्यवसायी सोम प्रसाद काप्रीले खानेपानि सहयोग गरेका थिए । राष्ट्रिय स्तरका ६ र स्थानीय स्तरका ३ सहित ९ सुत्रिय माग राख्दै अनसन सुरु गरिएको हो  ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सम्पुर्ण जात जातिको कुल धर्म पररम्परा रक्षा गर्नका लागि सनातन संस्कृत आयोग गठन हुनु पर्ने , सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो । माग पुरा नहुदा सम्म अनसन जारी राख्ने भारद्धाजले बताए । 

परिषद्ले यहि भाद्र १६ गते प्रधानमन्त्री कार्यालय काठमाडौंमा र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफना माग सहितको ज्ञापन पत्र बुझाई सकेको छ 

प्रतिक्रिया दिनुहोस