चितवन । वाईसीएल चितवनको नेतृत्वमा स्थापित युवा नेताहरु चयन भएका छन । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट वागमती प्रदेश ईन्र्चाजमा साजन अधिकारी , चितवन जिल्ला ईन्र्चाजमा भानु न्यौपाने र संयोजकमा कमल कँडेल चयन भएका हुन।
भानु न्यौपाने माओवादी शान्तिप्रक्रियामा आए लगत्तै बनेको वाईसीएलको पहिलो कमिटीमा जिल्ला सदस्य हुँदै जिल्ला सचिवालय सदस्य तथा ईलाका प्रमुखको भुमिकामा काम गरिसकेका नेता हुन। ६३/६४ सालको समयमा चितवनमा वाईसीएलको पहिलो मोर्चा सम्हालिसकेका भानु न्यौपाने पछिल्लो समय कार्यकारी जिम्मेवारीमा थिएनन्।
माओवादी भित्र न्यौपाने स्पष्ट दृष्टिकोण राख्ने, निडर र हक्की स्वभावका साथै कार्यकर्ताको विचमा लोकप्रिय र जनयुद्धको विरासत बोकेको युवाका रुपमा स्थापित छन।सफल युवा ब्यवसायी समेत रहिआएका न्यौपानेलाई वाईसीएल चितवनको ईन्चार्ज जस्तो कार्यकारी भुमिकामा ल्याउनुलाई संगठनभित्र महत्वका साथ हेरिएको छ।
यस्तै वाईसीएल चितवनको संयोजकको जिम्मेवारी पाएका कमल कडेंल विधार्थी संगठन अखिल (क्रान्तिकारी) बाट ओैपचारिक राजनिति जिवनको सुरुवात गरि २०५९ सालमा तात्कालिन नेकपा (माओवादी) को सदस्यता लिएका ब्यक्ति हुन र उनी माओवादी भित्र लोकप्रिय युवा नेताका रुपमा परिचित छन, चितवनमै विभिन्न सफल व्यवसायहरु सन्चालन गरिरहेका कंडेल माओवादी भित्र मात्रै नभई बाहिर पनि युवाहरुका विचमा मिलनसार, शालिन र परिचित युवा हुन् ।
वाईसीएलको विभिन्न तह र तप्कामा बसेर भुमिका निभाईसकेका कडेंलले पछिल्लो समय २ कार्यकाल वाईसिएल नेपालको वाग्मती प्रदेश समितिमा रहेर पनि कार्यसम्पादन गरिरहेका थिए। कार्यकारी जिम्मेवारी मा आउन धेरै चाहाना नदेखाउने युवा नेता कमल कडेंललाई आसन्न प्रतिनिधि शभा र प्रदेश शभाको निर्वाचनको समयमा कार्यकारी जिम्मेवारी दिईएको छ। फेसबुकमा स्टाटस लेख्दै कमल कडेंलले भनेका छन,'पार्टी संगठन र आन्दोलनमा जोडिएको करिब २० बर्षपछि, हाम्रो गौरवशाली संगठन वाईसीएल नेपाल चितवन जिल्ला संयोजकको कार्यकारी जिम्मेवारी पाएको छु। विगतमा कार्यकारी जिम्मामा नहुंदा पनि सधैंभरि अविचलित पार्टी र आन्दोलनको रक्षा एवं विकासका खातिर अग्रमोर्चा उभिएकै थिएँ। मलाई विश्वाश गरेर यो जिम्मेवारी प्रदान गर्नुहुने वाईसीएल का केन्द्रीय नेता कमरेडहरु एवं पार्टीका नेता कमरेडहरु, चितवनका सहयोध्दा एवं शुभेच्छुक सम्पुर्ण कमरेडहरु प्रति हार्दिक आभार ब्यक्त गर्देै, सबैलाई समेट्दै बलियो संगठन निर्माण गर्न दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु'।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, १३ : ३१
लेखकबाट थप