जितिया पर्वको अवसरमा विराटनगरमा बिदा

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १२ : १७
जितिया पर्वको अवसरमा विराटनगरमा बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज तराई क्षेत्रका आदिवासी राजवंशी, ताजपुरियालगायत समुदायले जितिया पर्व मनाइरहेका छन् ।

गएको भदौ ३१ गतेको महानगरको निर्णयानुसार सार्वजनिक बिदा दिइएको सूचना जारी गरी जनाइएको छ ।

अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस