एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् ।
प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष ९युनिसेफ०का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।
बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो । ‘यी प्रत्येक मृत्यु एक त्रासदी हो, जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ।’
बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान लगायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ असोज २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा