चितवनमा एनएस १२५ विएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, १४ : ५२
चितवनमा एनएस १२५ विएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक

चितवन । बजाज कम्पनीको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरले चौबिसकोठीमा एनएस १२५ बिएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक गरेको  छ ।शुक्रबार सांँझ भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

सो अवसरमा खनालले सकारात्मक सोच र कामबाट परिवर्तन सम्भव हुने बताए । सो अवसरमा चर्चित गायक गायक प्रमोद खरेल, टिका प्रसाईंले सांँगितिक प्रस्तुति दिएका थिए भने हाँस्य कलाकार सुमन कार्कीले प्रहसन गरेका थिए ।

कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कँडेल, आरुषि मिडिया एण्ड इन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटीलगायत कम्पनीका कर्मचारीको सहभागिता थियो दसैँ, तिहार, छठको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्किम ल्याएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मूल्यको  २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन् ।

यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक, दुई भल्भ,एयर कुल्ड, पांँच गियर, फ्रन्ट डिस्क ब्रेक, ट्युबलेस टायर लगायतका विशेषता छन् । प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलको मूल्य दुई लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस