उम्मेदवार चयन गर्न रवि लामिछानेको पार्टीले थाल्यो ‘प्रारम्भिक निर्वाचन’

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, ०८ : ५९
उम्मेदवार चयन गर्न रवि लामिछानेको पार्टीले थाल्यो ‘प्रारम्भिक निर्वाचन’

काठमाडौं । उम्मेदवार चयन गर्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचन थालेको छ । इतिहासमा  पहिलो आफ्नो दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन थालेको सभापति लामिछानेले जानकारी दिए ।  

प्रारम्भिक निर्वाचनबाट लोकप्रिय हुने व्यक्ति समानुपातिक उम्मेदवार बन्न सक्नेछन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रलाई बलियो बनाउन आएको उल्लेख गर्दै भनेका छन्, ‘हामी पार्टीभित्रबाट नै लोकतन्त्रको अभ्यास गर्नु पर्छ भन्ने विश्वास गर्छौँ ।

हामी पार्टीका उम्मेदवारको छनौट पनि खल्तिबाट होइन, जनमतबाटै हुनु पर्छ भन्ने विश्वास गर्छौँ । यसका लागि हामीले नेपालमा खुल्ला प्रारम्भिक निर्वाचनको अवधारणा अपनाएका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय समानुपातिकको बन्दसूचि खुल्ला प्रारम्भिक निर्वाचनमार्फत गर्दैछौँ ।’
 
आफ्नो पार्टीले गरे झैँ प्रारम्भिक निर्वाचन अब मुलुकका हरेक पार्टीले प्रयोग गर्नु पर्ने अवस्थाको सिर्जना हुन सक्ने उनको भनाइ छ ।  उनले उम्मेदवार चयनका लागि भोटिङ शुरु भैसकेको र शनिबार मध्यराति सम्म भोट गर्न सकिने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस