काठमाडौँ। अर्थविद् डा.स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन्।काठमाडौंमा शुक्रवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थविद् डा.वाग्लले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताए।
उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताए।डा. वाग्लले नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको बताए। उनले नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक,विश्व बैंक हो भन्ने मानसिकता रहेको उल्लेख गरे। डा.वाग्लेले नेपालले ४० वर्षको लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्च गर्न नसकेको उदाहरण रहेको भन्दै खर्च गर्न नसकेको देख्दा आफू सत्तामा भए पनि कति वैदेशिक ऋण लिएर धेरै भौतिक पूर्वाधार बनाउने थिए ? जस्तो लाग्ने गरेको बताए। उनले अब वैदेशिक दातृ निकायले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको दाबी गरे।
उनले भने, ‘नेपालले २०११ देखि एमसीसीको लागि प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको हो। अमेरिकाले चीनसँग प्रतिवाद गर्नको लागि एमसीसीमा हस्ताक्षर गरेको होइन। लामो समयको प्रक्रिया हुँदाहुँदै आएको हो। नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा हाउगुजी नै भएको छ। नेपालमा अझैपनि ठूला वैदेशिक दातृ निकाय भनेको एशियाली विकास बैंक,विश्व बैंक हो भन्ने मानसिकतामा छौं। नेपाल विकासोन्मुख देश हुँदैमा वैदेशिक सहयोगमा असर गर्दैन। नेपालले ४० वर्षको लोन १ प्रतिशत ब्याजमा पाउँदा समेत खर्च गर्न नसक्ने अवस्थामा छौं। हामी सत्तामा भएको भए कति वैदेशिक ऋण लिएर कति धेरै भौतिक पूर्वाधार बनाइन्थ्यो जस्तो लाग्छ। अब त्यो झ्याल बन्द हुनेवाला छ। अब धेरै ठूलो रकममा लोन पाउनेवाला छैनौं। बिस्तारै नेपाल पनि माइक्रो अर्थतन्त्र राखेर निजी क्षेत्रको लगानी गर्ने चरणमा हामी पुग्दैछौं। वैदेशिक ऋण कम हुँदै गएपछि बाहिर स्रोत खोज्नुपर्छ। त्यसपछि अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुन्छ। यसले सरकारको विकास गर्ने सोच हो भने योजनाहरू बेचेलो बन्दै जान्छन्। होइन विदेशबाट आएको रेमिट्यान्स्ले चलाउँला,कर बढाउँला, कर्मचारी र नेता पालिएकै छ भन्ने हो भने हो। तर युवा पुस्तामा ३० वर्षमा मुलुक यो स्थानमा पुग्नुपर्छ,प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने हो भने दौडनुपर्छ। त्यसैले अबको पाँच,७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको छ।’
उनले अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने बताए। डा. वाग्लले त्यस्तो अवस्था भए अहिलेको जस्तो छाडा र गैरजिम्मेवार अर्थनीति बनाउने कार्य बन्द हुने बताए। उनले युवा पुस्तामा ३० वर्षमा मुलुकको प्रतिव्यक्ति आय ४ हजार डलर पु¥याउने गरी पाँच, ७ वर्षमा त्यो डिल गर्नसक्ने नेतृत्व आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, २१ : १३
लेखकबाट थप