रिलिजको एकसाता अगाडि नै ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, २० : ५२
रिलिजको एकसाता अगाडि नै ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला

काठमाडौं । नेपाली मल्टिप्लेक्स हलहरुले प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर् ‘प्रेमगीत–३’को अग्रिम बुकिङ खुला गरेका छन् । क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले फिल्म रिलिज हुन एक साता अगाडि नै अग्रिम बुकिङ खुल्ला गरेका हुन् ।

निर्माता एवं निर्देशक सन्तोष सेनले सोसल मिडियामार्फत् फिल्मको अग्रिम बुकिङ खुला गरिएको जानकारी गराएका छन् । यता क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जानकारी गराएका छन् ।

यहि असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ ‘प्रेमगीत ३’ प्रदर्शन गरिनेछ । निर्माता सेनका अनुसार नेपालमा नेपाली र हिन्दी दुवै संस्करणमा प्रदर्शन गरिने छ, भने भारतमा हिन्दी संस्करणमा प्रदर्शन गरिने छ ।

जानकारी अनुसार एफक्यूबले ६ शो, आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । यसका साथै सिने द सेफले पनि ६ शो दिएको छ । निर्माता सन्तोष सेनले बुकिङ खुलाएको जानकारी दिँदै आफूहरु रिलिजको तयारीमा जुटेको बताएका छन् ।

‘प्रेमगीत–३’लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्मलाई स्वर्गीय निर्देशन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउतलगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस