काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनका लागि नेपाल इन्टर मोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ ।
बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो ।
बोलकबुलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ । निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि थाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १४ : ३६
लेखकबाट थप