जब धनगढी विमानस्थलमा स्याल पस्यो...

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १४ : २८
जब धनगढी विमानस्थलमा स्याल पस्यो...

काठमाडौं । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज धनगढीमा आकाशमा ‘होल्ड’ भएको छ । जहाज अवतरणका क्रममा धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि जहाज ‘होल्ड’ गरिएको धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले जानकारी दिए । 

जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाज धनगढीको आकाशमा दुई मिनेट होल्ड गरिएको हो ।

दुई मिनेटपछि जहाज सुरक्षित अवतरण गरिएको जोशीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस