काठमाडौं । प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिवेदन पेश गरेकी छन ।
यस्तै, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित