धनुषामा छोराद्वारा आमाको हत्या

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, ११ : ५५
धनुषामा छोराद्वारा आमाको हत्या

धनुषा । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।  उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।  हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस