प्रधानसेनापति खुला म्याराथन माघमा

रासस

विहीबार, २८ मंसिर २०७४, २० : १२
प्रधानसेनापति खुला म्याराथन माघमा

 

काठमाडौँ  । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ ।

प्रतियोगितामा  पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२।१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष÷महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र÷छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोेरीले सहभागिता जनाउन पाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

त्यस्तै प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ ।  फुल म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रोले  रु ५० हजार, तेस्रोले रु २५ हजार, चौथोले रु १५ हजार, पाँचाँैले रु सात हजार र छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।

हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार  पाउनेछन् ।   त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच  हजार पाउनेछन् । पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले रु सात हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।

फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता
धनगढी – तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुर कैलालीलाई २–० गोलले पराजित गरेको छ ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजक फारवेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ । फारवेष्टको जीतमा भूपेन्द्र बमले ५८ औँ र नरेन्द्र सिंहले ७५ औं मिनेटमा एक एक गोल गरेका थिए ।  प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दुई खेल हुनेछन् ।

सोह्र टोलीको प्रतिष्पर्धा रहेको प्रतियोगितामा कैलाली, कञ्चनपुर र  दाङ,  विभागीय टोली तथा भारतको एक टोलीको पनि सहभागिता रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले एक लाख ५० हजार र पाँच  विधामा उत्कृष्ट हुने खेलाडीलाई रु १० १० हजार पुरस्कार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस