गठबन्धन अति आवश्यक छ : मन्त्री चौधरी

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १६ : १३
गठबन्धन अति आवश्यक छ : मन्त्री चौधरी

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानमाथि खतरा रहेकाले गठबन्धन अति आवश्यक रहेको बताएका छन । सिमरामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए।

एमालेले जिते लोकतान्त्रिक प्रणाली नै समाप्त हुने भन्दै उनले नचाहँदा नचाहँदै पनि शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था सृजना भएको दाबी गरे ।

मन्त्री चौधरीले एमाले अध्यक्ष केपी ओली सत्ता उन्मादका कारण सडकमा पुगेको बताए । चौधरीले गढीमाई मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै कार्यकर्ता भेटघाट गरे।

प्रतिक्रिया दिनुहोस