महाभियाेग समितिकाे छलफलमा सर्वाेच्चका ४ पूर्वप्रधानन्यायाधीश नजाने

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १२ : ०८
महाभियाेग समितिकाे छलफलमा सर्वाेच्चका ४ पूर्वप्रधानन्यायाधीश नजाने

काठमाडाैँ। प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले बाेलाएकाे छलफलमा सर्वाेच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीश नजाने मुडमा देखिन्छन्।समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमश‍ेर राणासँग बयानका क्रममा नाम आएका पूर्वन्यायाधीशहरूसँगकाे छलफल आज बिहान साढे आठ बजे बाेलाएकाे थियाे।

साे बैठकमा उनीहरू अनुपस्थित भएपछि समितिले बैठक दिउँसाे एक बजेका लागि सारेकाे हाे।तर उक्त बैठकमा पनि पूर्वन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की उपस्थिति नहुने भएका हुन्।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूहरू जाने नजानेबारे पक्का नभएकाे बताएका छन्। उनले भने, ‘हामी जाने नजानेबारे विचार गर्दैछाैँ, अझै निश्चित भएकाे छैन।’आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।

प्रतिक्रिया दिनुहोस