पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १६ : २४
पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन अध्यक्ष नेपालको सुझाव

काठमाडौं । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई रोजगारी तथा व्यवसायमा जोडिन सुझाव दिएका छन् । बुधबार पार्टीनिकट समाजवादी सहकारी संगठन नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो नेता–कार्यकर्तालाई यस्तो सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘हामीले अरुभन्दा हाम्रो छाप दिन सक्नुपर्छ । जनताले अरु पार्टीसँग जोडिएकाहरुले नराम्रो काम गरेको देखुन् । हाम्रो पार्टीसँग आवद्ध भएकाले राम्रो काम गरेको देखुन् ।’

उनले थपे भनेका छन्, ‘मानिलिनुस मेचीदखि महाकालीसम्म पार्टी प्यालेस खडा गर्नुभयो, खाजा पसल वा डिपार्टमेन्टल स्टोर खोल्नुभयो । कुनै नाममा, जस्तै समाजवादी सहकारी । जोखिम के छ भने हाम्रो पार्टीसँग नजोडिएका कोही पनि किन्न नआउन, खाजा खान नआउन सक्छन् । तर, हामीसँगै पर्याप्त संख्या छ ।’

यसका साथै उनले आफू एमालेमै छँदा पार्टीका सदस्यहरुले एउटै ब्रान्डको पसल खोल्ने भनेर एउटा सोच अघि सारेको स्मरण गरे । उनले भने, ‘मैले एमाले हुँदा सुरु गर्न खोज्या थेँ, एउटै ब्रान्डको पसल खोल्ने । अरु आएपनि नआएपनि एमालेका सबै सदस्य आए भने त गज्जबले चलिहाल्यो । सबैले त्यहीँ गएर खाजा र खाना खाने । क्वालिटी राम्रो बनाउने र अरुलाई पनि स्वागत गर्ने ।’

प्रतिक्रिया दिनुहोस