काठमाडौँ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजधानी ढाकामा राजदूत भण्डारी बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोनेनसँग भेट गरेका हुन्।
भेटमा दुई देशका चासो र हितका बारेमा छलफल भएको जनाइएको छ। आर्थिक सम्बन्ध विस्तार गरी नेपाल–बंगलादेशसम्बन्धी थप प्रगाढ बनाउने विषयमा कुरा भएको नेपाली दूतावास ढाकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : ४५
लेखकबाट थप