काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरत राज पौड्यालले आज भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन् । भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा गएका हुन् ।
मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा दुई देशका विदेशमन्त्री स्तरीय बैठक भएको थियो । बैठकमा दुवै देशका विदेश सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १४ : ३३
लेखकबाट थप