काठमाडौं । राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे ।
राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै