चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो ।
स्थानीय तेज नारायण चापागाईको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति