काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ