कोरोना अपडेट : थप १०४ जनामा संक्रमण, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १६ : ५१
कोरोना अपडेट : थप १०४ जनामा संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५८७ जनाको नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो ।

पिसीआर परीक्षणबाट ८९ जना र एन्टीजेन परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, हाल नेपालमा दुई हजार ३१६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १४ जनाको मृत्यु भएको छ ।