काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।
पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’
उनले आफूले युवा अवस्थामै सपना देखेको र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सफल भएको जिकिर गरे । उक्त अठोट अझै कायम रहेको बताउँदै उनले युवाहरुलाई पनि सपना देख्न र सफल हुन आग्रह गरे ।
‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु,’ उनले भने । आफूले युद्धको कमाण्ड गरेर सुप्रिम कमाण्डर बनेको विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे गरेकोसमे प्रचण्डले बताए । उनले देशको आर्थिक विकासका लागि युवाहरु जागरुक हुनुपर्ने पनि औँल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
प्रचण्डले दिए दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई
परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ
खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : प्रचण्ड