नेयमारको निर्णायक गोलमा पिएसजीको जित

एजेन्सी

आइतबार, २६ भदौ २०७९, ०८ : २१
नेयमारको निर्णायक गोलमा पिएसजीको जित

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा घरेलु मैदानमा पिएसजीले ब्रेस्टमाथि १–० को कठिन जित निकालेको हो ।

पिएसजीको जितमा ब्राजिली फरवार्ड नेयमार जुनियरको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । 

जितसँगै अपराजित रहेको पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस