कोलम्बिया र भेनेजुयलाबीचको बन्द सिमाना, कोलम्बियामा बामपन्थी नेताको जितपछि खुल्दै

एजेन्सी

शनिबार, २५ भदौ २०७९, २० : २१
कोलम्बिया र भेनेजुयलाबीचको बन्द सिमाना, कोलम्बियामा बामपन्थी नेताको जितपछि खुल्दै

एजेन्सी । कोलम्बिया र भेनेजुयलाले सेप्टेम्बर २६ देखि दुई मुलुकबीच व्यवसायिक उडान सुरु गर्ने घोषणा गरेका छन् । सोही दिनबाट दुई मुलुकबीचको साझा स्थल सिमा नाकाबाट पनि सामानको ढुवानी खुल्नेछ अधिकारीले बताएका छन् ।  

गत महिना कोलम्बियामा वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले कार्यकाल सम्हाले यता दुई छिमेकी मुलुकबीच बढ्दै गएको सहकार्यको पछिल्लो उदारण हो । कोलम्बिया र भेनेजुयलाबीच २२०० किमी सिमाना छ । 

गत महिना दुई मुलुकबीच तीन वर्षअघि टुटेको कुटनीतिक सम्बन्ध पुनरस्थापित भएको थियो । त्यस अबसरमा दुवै मुलुकले एक–अर्काको मुलुकमा राजदूत नियुक्त गरेका थिए । पेट्रो अघिका दक्षिणपन्थी राष्ट्रपति इभान डुकले सन् २०१८ को भेनेजुयलामा सम्पन्न चुनावमा धाधली भएको भन्दै मदुरोको जितलाई मान्न अस्वीकार गरेका थिए । त्यसको एक वर्षमा काराकास आफैले कोलम्बियासँगको सम्बन्ध तोडेको थियो । 

पछि अमेरिकाको समर्थनमा कोलम्बियाबाट कू प्रयास भईरहेको भन्दै भेनेजुयलाले स्थल सिमाना पनि बन्द गर्यो । त्यसपछि दुई मुलुकबीचको हवाई उडान हुन छाड्यो । च्याम्बर अफ भेनेजुयलन–कोलम्बियन इकोनोमिक इन्टीग्रेसनले दुई देशबीचको सिमाना सूचारु भएदेखि व्यापारमा उलेख्य वृद्धि हुने प्रक्षेपण गरेको छ । 

गत वर्ष ४०.६ करोड डलरको व्यापार भएकोमा त्यो बढेर यो वर्ष १.२ अर्ब डलर हुने उसको प्रक्षेपण छ । भेनेजुयलाको सरकारले सिमाना पुरै खुलेको एक वर्षमा आर्थिक क्रियाकलाप ४ अर्ब डलरभन्दा माथि जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस