२४ वर्षे वर्षा भन्छिन-‘दर्शकको माया नै मेरो उपलब्धि’

विहीबार, २८ मंसिर २०७४, १८ : ०५
२४ वर्षे वर्षा भन्छिन-‘दर्शकको माया नै मेरो उपलब्धि’

चितवन, २८ मंसीर । नायिका बर्षा राउत २४ बर्षमा प्रवेश गरेकी छिन् । यदि, बर्षाले उमेर सहि नै बताएकी हुन् भने उनले कम उमेरमा नै चलचित्र क्षेत्रमा राम्रै सफलता पाएकी छिन् ।

नायिका राउतले गतबर्ष चलचित्र ‘जात्रा’ यूनिटसँग जन्मदिन मनाएकी थिइन् । यो बर्ष कसरि मनाउने भन्ने उनीसँग कुनै योजना छैन । चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी बर्षा त्यसअघि म्यूजिक भिडियोकी सफल मोडल थिइन् । बर्षाका लागि चलचित्र क्षेत्र फापेको मान्न सकिन्छ । ठूला ब्यानर र सफल मेकरले पत्याउँदा उनको करिअर उचाइमा पुगिरहेको छ ।

चलचित्र ‘नाई नभन्नु ल ४, छक्का पन्जा, जात्रा, छक्का पन्जा २’ जस्ता सफल चलचित्रमा काम गरेका कारण बर्षा चाडै दर्शकमाझ नोटिस पनि भइन् । तर, बर्षाको मनमा एउटा कुरा खड्किएको छ ।

उनले आजसम्म सोलो हिट चलचित्र दिन पाएकी छैनन् । आफ्नै कारणले चलचित्र हिट होस् भन्ने चाहना उनको छ, तर पुरा भएको छैन । प्रेमी संजोग कोइरालासँग लामो समयदेखि प्रेममा रहेकी बर्षा बिहेको पनि योजना बनाउँदैछिन् ।

२४ बर्षको उमेरमा आइपुग्दा तपाइले पाएको उपलब्धि के हो भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई मेरा दर्शक र सबैले दिएको माया । यति सानो उमेरमै यो प्रेम पाउँछु भन्ने लागेको थिएन ।’ बर्षाले जन्मदिनको दिन अब के गर्ने भनेर नसोचेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस