एएफसी यू २० एसियाकप : भुटानसँग खेल्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, ०८ : ५९
एएफसी यू २० एसियाकप : भुटानसँग खेल्दै नेपाल

काठमाडौँ । २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी एसियाकप छनोटका लागि अहिले नेपाली यू-२० टिम बहराइनमा छ।

बहराइनमा शनिबार नेपालले आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल राति ८स्४५ मा सुरु हुने छ। छनोटको समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई हराएर प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ। भुटान पनि नेपाललाई हराएर जितसहित छनोट यात्राको लक्ष्यमा छ।

खेलअघि नेपाली यू(२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गरेको भन्दै छनोटका लागिनै प्रतिस्पर्धा गर्ने बताए।

उनले भने ‘हामीले तीन महिनाबाट प्रशिक्षण गरिरहेका छौँ। त्यसैले यो प्रतियोगिताका लागि टिम तयार रहेको छ। उनले कोभिडका कारण लामो समय फुटबल प्रभावित हुँदा युवा टिमलाई पनि त्यसको असर परेको भन्दै यो तयारी पर्याप्त नभए पनि परिस्थितिअनुसार यसलाई कम मान्न हुँदैन।’

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश रहेका छन्। यस्तै, नेपालले दोस्रो खेलमा सोमबार कतारसँग प्रतिस्पर्धा गर्ने छ।नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्ने छ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू(२० एसियन कपमा स्थान बनाउने छ।

प्रतिक्रिया दिनुहोस