सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, ०८ : १३
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यवस्ता देखाउँदै शनिबारका लागि सारिएको हो । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।   सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।

अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुंगो लगाउने छ । शनिबारको बैठकबाट सिट बाँडफाँट गरी टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस